+
+
Shares

एन्फाका पूर्वअध्यक्ष शेर्पाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १५:२३

१९ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौं क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधि भएका शेर्पाले आदिवासी क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शेर्पासँग पार्टीको विभिन्न तहमा रहेर काम गरेको अनुभव छ ।

नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्यसमेत रहेका शेर्पाले नेपाली कांग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै जनजाति, युवा पुस्ता र खेलकुद क्षेत्रको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई अझ बलियो बनाउने उद्देश्यसहित उम्मेदवारी दिन लागेको बताए ।

दुई दशक लामो समयदेखि नेपाली फुटबलको विकासमा लागि परेका शेर्पा एन्फाका निर्वमान अध्यक्ष र ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्षसमेत हुन् । बीपी कोइरालाको सिद्धान्तबाट प्रभावित भएर कांग्रेसमा सक्रिय भएको र पार्टीलाई बीपीको सिद्धान्तअनुसार अघि बढाउने एजेन्डासहित शेर्पाले आफुले उम्मेदवारी दिन लागेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?