काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आठौं सिजन यही शुक्रबारबाट प्रसारण सुरु हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भ्वाइसले आफ्नो प्रसारण मिति, नयाँ प्रायोजक र कोचको लाइनअप सार्वजनिक गरेको छ ।
नयाँ सिजनमा इनर्जी ड्रिंक्स ‘रेडबुल’ टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएको छ । पावर बाई स्पोन्सरका रूपमा चौधरी ग्रुपको सोयम नुडल्स र राइड सेयरिङ प्लेटफर्म इनड्राइभ अनुबन्ध भएका छन् ।
को– स्पोन्सरका रूपमा कोलगेट टुथपेष्ट र पल्स चकलेट अनुवन्ध भएका छन् ।
एसोसिएट स्पोन्सरमा एशियन पेन्टस्, हिमस्टार, लेट मी इन, गोल्डस्टार, अथर इलेक्ट्रिक बाइक अनुवन्ध भएका छन् । यस्तै लेयर सट, मार्भल पाइप एण्ड फिटिङस, केटीएम ट्रीप डटकम, जेरोना डर्मा र भोटिङ पार्टनरमा खल्ती रहेका छन् । कार्यक्रमको मार्केटिङ अधिकार एस मिडिया एण्ड मार्केटिङले लिएको छ ।
कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले यो सिजनदेखि फाइनलिस्ट ट्यालेन्टहरुको ओर्जिनल गीत र म्युजिक भिडियो प्रोडक्सन सुरु हुने जानकारी दिए । संगीतमा दीर्घकालीन लगानी गर्ने उदेश्यले टाइटल स्पोन्सरमा रेडबुलसँग लामो साझेदारी गरिएको र यसले नेपाली संगीत उद्योगमा नयाँ प्रतिभा जन्माउन कर्पोरेट क्षेत्रसँग लगानीका सहकार्य गरिएको उनले बताए ।
रेडबुल उत्पादक सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले नेपाली संगीतलाई प्रर्बद्धन गर्ने उदेश्यले नयाँ ट्यालेन्ट र ओर्जिनल गीत उत्पादन गर्नेगरी द भ्वाइसजस्तो बिश्वस्तरीय प्लेटफर्मसँग साझेदारी गरिएको बताए ।
दुई नयाँ कोच, दुई अनुभवी
कार्यक्रममा दुई जना नयाँ कोचहरू एकदेव लिम्बु र नरेन लिम्बुलाई पनि सार्वजनिक गरियो । युवापुस्तामाझ लोकप्रिय नयाँ कोचहरूमार्फत् यो सिजनमा नयाँ आवाज र नयाँ कथाहरू पस्किएको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।
सिजन ८ मा गायक प्रमोद खरेल र गायिका मिलन नेवार पनि कोचका रूपमा अनुबन्ध छन् । प्रमोदले यसअघि पाँच पटक आफ्नो टिमलाई बिजेता बनाइसकेका छन् भने मिलनले पनि विनिङ कोचको ट्रफी उचालिसकेकी छिन् ।
हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको युट्युब च्यानलमा प्रसारण हुने यो सिजन ३२ एपिसोड प्रसारण हुनेछ ।
प्रतिक्रिया 4