+
+
Shares

नेप्से सीईओ नियुक्तिका लागि पाँचजना सर्ट लिस्टमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते २२:०८

१९ असोज काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि चार जनालाई संक्षिप्त सूची (सर्ट लिस्ट)मा परेका छन् । नेप्से सीईओका लागि आवेदन दिएका आठ जनामध्ये चार जनालाई छनौट तथा सिफारिस समितिले सिफारिस गरेको हो ।

सिफारिस समितिले १२ साउनमा पदपूर्तिसम्बन्धी सूचना जारी गरेको थियो । तोकिएको म्याद भित्र आठजना उम्मेदवारले आवेदन पेस गरेकोमा उनीहरुलाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाइएको हो । छनोट समितिले अनिलराज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदीलाई सर्ट लिस्टमा छनोट गरेको हो । चारै जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण २३ असोजमा हुने छनोट समितिले जनाएको छ ।

नेप्सेका तत्कालीन सीईओ चूडामणि चापागाईले २२ असारमा राजीनामा दिएपछि सो पद खाली छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?