+
+
Shares

तातोपानी नाका खुलाउन चीनसँग कुराकानी भइरहेको छ : पूर्वाधारमन्त्री लम्साल

मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको बाटो पनि सञ्चालनमा ल्याइसकिएको जानकारी दिए ।

रासस रासस
२०८३ असोज २० गते १७:०३

२० असोज, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताएका छन् ।

मंगलबार संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।

उनले तातोपानी नाका पुन: सञ्चालनमा ल्याउने एवं रसुवागढी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी दिए ।

मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको बाटो पनि सञ्चालनमा ल्याइसकिएको जानकारी दिए ।

तर यसका लागि चिनियाँ पक्ष भने तयार नदेखिएको पनि उहाँले जानकारी दिए । ‘अहिले पनि हामी तयार नै छौँ । हाम्रा लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन,’ उनले भने, ‘चिनियाँ पक्षसँग पनि हामी नियमित संवादमा रहेका छौँ । रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा हामी लागि रहेका छौँ ।’

ठूलो प्राकृतिक विपद् आइलागेकाले अहिले नै यी नाकाहरु सञ्चालनमा ल्याउन समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार निर्माण र पुन:स्थापनाका लागि भने काम गरिरहेको मन्त्री लम्सालले जानकारी दिए ।

मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसलाई पुन: सञ्चालन गर्ने बारेमा पनि सरकारले योजना बनाइरहेको बताए ।

उनले त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका काममा सरकार लागिपरेको जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?