२० असोज, काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
अग्रजहरूको सम्मान गर्दै, युवा पुस्तालाई अवसर प्रदान गर्ने उद्देश्यका साथ आफूले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ ।
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत अहिले धमाधम मनोनयन दर्ता भइरहेको छ ।
पार्टीको बृहत्तर हित, एकता र शुद्धीकरणका लागि मैले केन्द्रीय सदस्य (महिला खुला) पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको उनको भनाइ छ ।
‘पार्टीलाई अझ सुदृढ, एकताबद्ध युबा महिला मैत्री बनाउने यात्रामा यहाँहरूको साथ, सहयोग, माया, विश्वास र अमूल्य मतको अपेक्षा गर्दछु,’ उनले भनेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4