News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले भोटेकोशी नदीको बाढीपछिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन थप जनशक्ति, प्रविधि र उपकरण परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
- कांग्रेस प्रमुख सचेतक बासना थापाले नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व भएको बताउँदै संकटमा राज्यको बलियो उपस्थिति देखाउन आग्रह गरिन्।
- उनले रसुवामा दुई हप्ताभन्दा बढी बितिसक्दा पनि खोज तथा उद्धारले गति नलिएको आरोप लगाउँदै सम्पर्कविहीनको विवरण अद्यावधिक गर्न माग गरिन्।
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकता अनुसार थप जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरणहरू परिचालन गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले सरकारको पहिलो दायित्व सत्ता जोगाउनु नभई नागरिकको ज्यान जोगाउनु रहेको स्मरण गराउँदै संकटको घडीमा राज्यको बलियो उपस्थिति देखाउन आग्रह गरिन् ।
उहाले रसुवामा विनाशकारी बाढी आएको दुई हप्ताभन्दा बढी बितिसक्दा पनि खोज तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको आरोप लगाइन् ।
‘यो केवल प्राकृतिक विपत्ति नभई सयौं परिवारको जीवनसँग जोडिएको गम्भीर राष्ट्रिय सङ्कट हो,’ उनले भनिन् ।
रसुवा घटनापछि दैलेख तथा कर्णाली क्षेत्रका थुप्रै नागरिकहरू अझै सम्पर्कविहीन रहेकाले सम्पर्कविहीनहरूको यथार्थ विवरण तत्काल अद्यावधिक गरी परिवारजनलाई सही सूचना दिन सरकारसँग माग गरिन् ।
प्रतिक्रिया 4