२० असोज, काठमाडौं । श्रमिक नेता सुवास रेग्मीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनी स्याङ्जा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।
नेता रेग्मीले श्रमिक क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
बिन्ध्यवासिनी म्युजिकका सञ्चालकसमेत रहेका रेग्मी २०४८ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा पार्टीसँग आबद्ध छन् । लामो समयदेखि कांग्रेसको राजनीतिक तथा वैचारिक यात्रासँग जोडिएका उनी स्पष्ट र खरो वक्ताका रूपमा परिचित छन् ।
रेग्मी राजनीतिक गतिविधिसँगै समाजसेवा, गीत–संगीत, कला तथा संस्कृति क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4