रेखा थापा त्यति कुरा लुकाउने अभिनेत्री त होइनन् । मनकी सफा उनी कुनै पनि कुरा भन्न मुख बार्दिनन् । हक्की छिन् र स्पष्ट पनि । तर, पछिल्ला फेसबुक पोस्टहरूले त्यसो भन्दैनन् । उनी केही भन्न खोज्दैछिन्, तर कुरा घुमाएर ।
एकपटक सरसर्ती उनको फेसबुक चाहर्नुहोस् त, के-के लेखेकी छन् ?
उनी लेख्छिन्, ‘ए आम्मा… बहुलाउँछु कि क्या हो ?’ यति मात्रै भए त ठिकै थियो। कुनै सन्दर्भमा मनको कुरा पोखेकी होलान् भन्ने हुन्थ्यो । तर, उनी यतिमै रोकिइनन् । लेखिन्, ‘बाँकी आज बेलुकी पाँच बजे ।’
के हो त पाँच बजे ?
उनी यसलाई रहस्यमै राख्न चाहन्छिन् । अनि आफ्ना शुभेच्छुकसँग नयाँ कुरा साझेदार गर्न चाहन्छिन् । त्यस्तो कुरा साझेदार गर्न चाहन्छिन्, जुन सायद दर्शकले पर्खिरहेका छन् । त्यो उनको व्यक्तिगतभन्दा पनि फिल्मी जीवनको कुरा हुन सक्छ।
एउटा कुरा खुसुक्क भनिहालौँ, यतिबेला रेखा थापा केही फिल्ममा एकसाथ व्यस्त छिन् । जस्तो ‘काकाकाकी’, ‘३६ को आँकडा’ । दोस्रो फिल्म मंसिर १७ गते सार्वजनिक हुँदैछ । उक्त फिल्ममा तीन अभिनेत्री एकसाथ देख्न सकिनेछ-रेखा थापा, पूजा शर्मा र निरुता सिंह। यसमा पुष्प खड्का र महेश त्रिपाठीको पनि मुख्य भूमिका छ। पारिवारिक कथामा आधारित फिल्म सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4