Photo Credit : RSS
२१ असोज, काठमाडौं । नेकपा एमालेको भोलि बस्ने स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने भएकी छन् ।
एमाले वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक बैठकमा सहभागी हुन लागेकी हुन् । ८ असोजको सचिवालय बैठकले भण्डारीलाई बरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो ।
लगत्तै बसेको केन्द्रीय कमिटी बैठकबाट मनोनीतको निर्णय अनुमोदन भएपछि भण्डारी वरिष्ठ नेताको हैसियतमा भोलिको स्थायी कमिटी बैठकमा भाग लिने भएकी हुन् ।
एमाले कार्यालय स्रोतका अनुसार स्थायी कमिटी बैठकको एजेण्डा भने तय भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4