+
+
Shares
तीनकुने आन्दोलन :

मानव अधिकार आयोगले भन्यो– काठमाडौंका तत्कालीन सुरक्षा अधिकारीलाई कारबाही गर

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १८:४०

२१ असोज, काठमाडौं । १५ चैत २०८१ मा तीनकुनेमा भएको राजावादी आन्दोलनको घटनामा केही सुरक्षा अधिकारीलाई कारबाही गर्न मावन अधिकार आयोगले सिफारिस गरेको छ ।

आयोगले आज मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलका बेला काठमाडौंमा रहेका सुरक्षा अधिकारीहरुलाई कारबाही गर्न सिफारिस गरेको हो ।

कारबाही सिफारिस हुनेहरूमा काठमाडौंका तत्कालीन एसएसपी विश्व अधिकारी (हाल डीआईजी), एसपी अपीलराज बोहोरा, सशस्त्रका एसपी शैलेन्द्र श्रेष्ठ, काठमाडौंका तत्कालीन सीडीओ ऋषिराम तिवारीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

उनीहरुलाई संविधानको धारा २४९ को उपधारा २ को –ख) बमोजिम कारबाही गर्न भनिएको छ । धारा २४९ को उपधारा २ को (ख) मा मानव अधिकारको उल्लंघन हुनबाट रोक्ने जिम्मेवारी वा कर्तव्य भएको पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा नगरेमा वा कर्तव्य पालन नगरेमा वा जिम्मेवारी पूरा गर्न वा कर्तव्य पालन गर्न उदासीनता देखाएमा त्यस्तो पदाधिकारी उपर विभागीय कारबाही गर्न सम्बन्धित अधिकारी समक्ष सिफारिस गर्ने उल्लेख छ ।

त्यसैगरी प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई ध्यानकर्षण गराउन आयोगले सिफारिस गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ को दफा ५ (१) बमोजिम प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गृह मन्त्रालय र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका पदाधिकारीलाई ध्यानाकर्षण गराउन भनिएको छ ।

आयोजकहरुको गतिविधिको सुक्ष्म रुपले वस्तुनिष्ठ मूल्यांकन गरी सुरक्षा योजना तर्जुमा गरी कार्यान्वयन गर्न नसकेको, जिल्ला सुरक्षा समितिबाट पारित एकीकृत विशेष सुरक्षा योजना २०८१ बमोजिम सुरक्षा बन्दोबस्ती, परिचालन हुने सुरक्षा जनशक्तिलाई निर्णय बमोजिम परिचालन गरी शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै कारबाहीदेखि ध्यानाकर्षणसम्म सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?