+
+
Shares

त्रिविमा नियुक्ति पारदर्शी र निष्पक्ष हुन्छ : उपकुलपति थापा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले त्रिविमा नियुक्ति पारदर्शी र निष्पक्ष हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते ११:१५

२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले त्रिविमा नियुक्ति पारदर्शी र निष्पक्ष हुने बताएका छन् ।

त्रिविको ६७ औं वार्षिक दिवसको बैठकमा उनले पारदर्शिता विश्वविद्यालयको पहिचान हुने बताए ।

‘त्रिभुवन विश्वविद्यालयले परीक्षा, भर्ना, नतिजा, नियुक्ति, आर्थिक कारोवार तथा प्रशासनिक निर्णयहरूमा स्पष्ट मापदण्ड र निष्पक्ष प्रक्रिया अपनाउन आवश्यक छ। सूचना सहज रूपमा उपलब्ध गराउने, निर्णयका आधार सार्वजनिक गर्ने र गलत कार्यप्रति जवाफदेही हुने संस्कारले पारदर्शिता वलियो बनाउँदछ,’ उनले भने ।

विश्वविद्यालयले आफ्ना शैक्षिक, प्रशासनिक तया आर्थिक गतिविधिहरू स्पष्ट, निष्पक्ष र जिम्मेवार ढङ्गले सञ्चालन गर्नुपर्छ। निर्णय प्रक्रियामा पारदर्शिता कायम हुँदा विद्यार्थी, शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूको विश्वविद्यालयप्रति विश्वास बढ्ने बताए ।

पारदर्शिताले विश्वविद्यालयमा सुशासन, निष्पक्षता, विश्वास र जवाफदेहिता कायम गर्न महत्वपूर्ण भूमिका खेल्दछ। त्यसैले पारदर्शिता त्रिभुवन विश्वविद्यालयको प्रतिष्ठा र पहिचानलाई बलियो बनाउने आधार भएको बताए ।

डिजिटल प्रणाली मार्फत परिवर्तनको दिशामा निर्णायक कदम चालिने बताए ।

‘डिजिटल प्रणालीको विकास र विस्तारसँगै विद्यार्थी, शिक्षक तथा कर्मचारीले आवश्यक सेवा सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण निर्माण हुनेछ। यसले परम्परागत प्रक्रियामा रहेका जटिलता र ढिलासुस्ती घटाउँदै त्रिभुवन विश्वविद्यालयलाई आधुनिक, प्रविधिमैत्री र उत्तरदायी विश्वविद्यालयका रूपमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ,’ उनले भने ।

जीवनोपयोगी शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई विश्वविद्यालयको केन्द्र बनाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?