News Summary
Generated by OK AI. Editorially reviewed.- अनमोल केसीको फिल्म ‘बाटूलो जुन’ प्रदर्शनको मुखैमा छ र प्रचारका क्रममा टिजर तथा गीत सार्वजनिक भइरहेका छन्।
- फिल्मको गीत ‘मेरो मन चोर्यौ सुटुक्कै।’ सार्वजनिक भएको छ र अनमोलले भुवन केसीले ४० वर्षअघि बाँचिएको जस्तो भूमिका निर्वाह गर्दैछन्।
- कथाले मागेपछि अनमोलले गाढा खैरो पाइन्ट, चेक सर्ट र गमबुट लगाएको गेटअपमा अभिनय गरेका छन्।
अनमोल केसीको क्लासिक लभ स्टोरी ‘बाटूलो जुन’ प्रदर्शनको मुखैमा छ । यो फिल्मको प्रचारका लागि अहिले टिजर, गीत सार्वजनिक गर्ने सिलसिला जारी छ ।
सोही क्रममा अघिल्लो दिन एउटा गीत सार्वजनिक भयो । गीतको बोल थियो, ‘मेरो मन चोर्यौ सुटुक्कै।’
यो फिल्ममा बाबुछोरा अर्थात् भुवन केसी र अनमोल दुवै देखिँदैछन् । फिल्ममा अनमोलले त्यही भूमिका निर्वाह गर्दैछन्, जुन भूमिका उनले बाँचेको युग होइन । अर्थात्, त्यो ४० वर्षअघिको कुरा हो ।
त्यसबेला उनका बुबा भुवन भने वैंशालु उमेरमा थिए । बुबाले गुजारेको वैंश कस्तो थियो ? अनमोलले त्यसैको भर्चुअल जीवन बाँच्नेछन् ।
अब कुरा रह्यो, गमबुटको ।
वास्तविक जीवनमा त उनी हिलोमाटो खेल्ने परिवारका परेनन् । न घाँसदाउरा गर्ने, न खेतीकिसानी गर्ने । उनी सुकिलो जीवन बाँच्ने परिवारमा हुर्किए ।
उनका बुबाको ट्रेडमार्कजस्तै बनेको थियो डिंगो जुत्ता । डिंगो जुत्ता लगाउने बुबाको छोराले गमबुट लगाउँदा कति सुहायो होला ?
कथाले मागेपछि अनमोलको के लाग्छ ? उनले पनि गाढा खैरो रङको पाइन्ट र चेक सर्टमा गमबुट लगाइदिए । झट्ट हेर्दा यस्तो लाग्यो, यी गाउँका खानदानी छोरा हुन् ।
त्यो दशकमा यस्तो गेटअप सायद इस्ट इन्डिया कम्पनीमार्फत भारत कब्जा गरेर बसेका बेलायतीका छोराहरूको थियो ।
प्रतिक्रिया 4