+
+
Shares

हिमालय एयरलाइन्सका एक कर्मचारीद्वारा यात्रुसँग शंकास्पद कारोबार

अध्यागमनले गर्‍यो कारबाही सिफारिस

अध्यागमन कार्यालयले हिमालयन एयरलाइन्सका कर्मचारी हंसराज जैशीमाथि अनुसन्धान गरी कारबाही गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई जिम्मा लगाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १८:५९

२७ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अनियमितताको आशंकामा हिमालय एयरलाइन्सका एक कर्मचारीमाथि अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाएको छ ।

अध्यागमन कार्यालयले हिमालय एयरलाइन्सका कर्मचारी हंसराज जैशीमाथि अनुसन्धान गरी कारबाही गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई जिम्मा लगाएको हो ।

अध्यागमन कार्यालयका अनुसार सोमबार (२६ असोज) मिनबहादुर रावत (राहदानी नम्बर पीबी ०२४९२८४) वैदेशिक रोजगारीमा जान लागेका बेला उनको श्रम स्वीकृतिको म्याद समाप्त भएको पाइएको थियो । सोही क्रममा जैशीले रावतसँग पुन: श्रम स्वीकृति गराउनुपर्ने भन्दै रकम असुल गरेको खुलेको अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन कार्यालयको छानबिनका क्रममा जैशीको मोबाइल नम्बरमा रहेको ईसेवामार्फत १४ हजार रुपैयाँको कारोबार भएको पाइएको छ ।

यस्तै, कार्यालयको सीसीटीभी फुटेजसमेतका आधारमा यात्रुलाई सहजीकरण गर्ने बहानामा शङ्कास्पद क्रियाकलाप भएको देखिएकाले जैशीमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई जिम्मा लगाइएको अध्यागमन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?