+

डब्लु–१५ इस्लामाबादमा अभिलाषा विष्ट विजयी

२०८३ असोज  २७ गते २२:०१ २०८३ असोज २७ गते २२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले पाकिस्तानमा जारी डब्लु–१५ इस्लामाबादको दोस्रो सर्किटमा रुसकी अन्ना सिम्किनालाई ६–०, ६–१ ले हराइन्।
  • जितसँगै अभिलाषा प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।
  • उनले बुधबार थाइल्यान्डकी दोस्रो वरीयताप्राप्त कामोनवान योडपेचसँग खेल्नेछिन्।

२७ असोज, काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले पाकिस्तानमा जारी डब्लु–१५ इस्लामाबादको दोस्रो सर्किटमा जित निकालेकी छन्।

मंगलबार भएको महिला एकलतर्फको खेलमा अभिलाषाले रुसकी अन्ना सिम्किनालाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरिन्। जितसँगै उनी प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।

खेल अवलोकन गरेकी पाकिस्तानका लागि नेपाली राजदूत रीता दाहालले अभिलाषालाई बधाई दिँदै आगामी खेलका लागि शुभकामना व्यक्त गरेकी थिइन्।

प्रिक्वार्टरफाइनलमा अभिलाषाले बुधबार थाइल्यान्डकी कामोनवान योडपेचसँग प्रतिस्पर्धा गर्नेछिन्। कामोनवान प्रतियोगितामा दोस्रो वरीयताप्राप्त खेलाडी हुन्।

नेपाल टेनिस संघका सचिव अजय विष्टका अनुसार अभिलाषा महिला एकलतर्फको विश्व वरीयतामा १ हजार ५१०औँ स्थानमा छिन्। प्रतियोगिताको कुल पुरस्कार राशि १५ हजार अमेरिकी डलर रहेको छ।

अभिलाषा विष्ट डब्लु–१५ इस्लामाबाद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय