+
+
Shares

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको ३३० औं बैठकले सुुमेद भट्टराईलाई कात्तिक १५ देखि लागू हुने गरी सीईओ नियुक्त गरेको छ।
  • भट्टराई हाल बैंकका सिनियर डेपुटी सीईओ हुन् र उनको कार्यकाल ४ वर्षको हुनेछ।
  • हाल बैंकको सीईओ अजयबिक्रम शाह छन्, जसको दुई कार्यकाल सकिन लागेपछि भट्टराई नियुक्त भएका हुन्।

२८ असोज, काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुुमेद भट्टराई नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको ३३० औं बैठकले कात्तिक १५ देखि लागु हुने गरी सीईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । हाल भट्टराई बैंकको सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् ।

भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ । हाल बैंकको सीईओ पद अजयबिक्रम शाहले सम्हाल्दै आएका छन् । शाहको दुई कार्यकाल अवधि सकिन लागेसँगै भट्टराई सीईओमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?