+
+
Shares

साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विवरण प्रश्न उठेपछि उनको नाम अस्वीकृत भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अनुमोदनका लागि अस्वीकृत गरेको छ।
  • जर्मनीबाट डिपोर्ट भएकोसहितका विवरणमा प्रश्न उठेपछि समितिमा उनको नामबारे छलफल भएको थियो।
  • सुनारमाथि विवाहेत्तर सम्बन्ध, यातना र धम्की, ३३ लाख रुपैयाँ लिएको र हाम्रो नेपाल पार्टीसँग आबद्ध रहेको आरोप लागेका थिए।

२८ असोज, काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदनका लागि अस्वीकृत भएको छ ।

जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विवरण प्रश्न उठेपछि उनको नाम अस्वीकृत भएको हो ।

उनीमाथि विभिन्न बुँदामा आरोपहरू लागेका थिए । ती आरोपहरूबारे संसदीय समितिमा पनि छलफल भएको थियो ।

छलफलपछि समितिले निर्णय सुनाउँदै उनको नाम अस्वीकृत भएको जानकारी गराएको छ ।

यस्ता थिए उनीमाथि लागेका आरोपहरू–

पहिलो : विवाहेत्तर सम्बन्ध राखेको,

दोस्रो : जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर मेलमिलाप गर्दै पूर्वप्रेमीसँग सम्बन्ध तोडेपछि पनि यातना, धम्की र आत्महत्या गर्न दबाब दिएको,

तेस्रो : जर्मन सरकारले हिरासतमा राखी हत्कडी लगाएर जर्मनीबाट नेपाल डिपोर्ट गरेको,

चौथो : एक जना डीआईजी बढुवाका क्रममा रास्वपा सांसद खगेन्द्र सुनारसँग मिलेर ३३ लाख रुपैयाँ लिएको,

पाँचौं : सांसद खगेन्द्र सुनारले विभिन्न व्यक्तिहरूसँग पैसा उठाउने गरेको र गिरीबहादुरले व्यवस्थापन गर्ने गरेको,

छैटौं : गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गराउन स्वामी आनन्द अरुणसमेत परराष्ट्र मन्त्रालय गएको,

सातौं : हाम्रो नेपाल पार्टीसँग आबद्ध रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?