+
+
Shares

बर्दिया र रौतहटका उखु किसानलाई १० करोड ४३ लाख अनुदान निकासा

कोलेनिका मार्फत उक्त अनुदान रकम सिधै किसानका बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका ४ हजार ८ सय ४२ उखु किसानलाई १० करोड ४३ लाख रुपैयाँ अनुदान भुक्तानीका लागि निकासा गरेको छ ।
  • गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान रकम सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानका बैंक खातामा सिधै जम्मा हुने व्यवस्था मिलाइएको छ ।
  • चाडपर्वको मुखमा किसानले लामो समयदेखि पर्खिरहेको अनुदान रकम पाउने भएका हुन् ।

२८ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेको छ ।

गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा निकासा गरेको हो ।

मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका ४ हजार ८ सय ४२ उखु किसानलाई वितरण गरिने छ ।

कोलेनिका मार्फत उक्त अनुदान रकम सिधै किसानका बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ ।

चाडपर्वको मुखमा किसानले लामो समयदेखि पर्खिरहेको अनुदान रकम पाउने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?