+
+
Shares

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते २०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङ बिम्स्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन तीन दिने भारत भ्रमण सकेर बुधबार साँझ स्वदेश फर्किएका छन्।
  • नयाँ दिल्लीमा उनले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरी साझा सुरक्षा चासोमा समन्वय र सहकार्य सुदृढ गर्ने विषयमा विचार विमर्श गरेका छन्।

२८ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

उनी बुधबार साँझ भारतको भ्रमण सकेर फर्किएका हुन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेका थिए ।

सो क्रममा उनले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

भेटवार्तामा उनीरूबीच दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने बारेमा विचार विमर्श भएको गृह मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?