२८ असोज, काठमाडौ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले भन्सार छली ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ ।
आज बिहान करिब ३:४५ बजेको समयमा प्रहरी टोलीले अनुमानित १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा नियन्त्रणमा लिएको हो ।
भारतबाट अवैध रूपमा भन्सार छलेर ११ वटा ठूला हरिया झोलामा मदिरा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो ।
संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा महलबारी सडकखण्डमा बेवारिसे अवस्थामा ती मदिरा फेला पारेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको मदिरामा ७५० एमएलका कुल ७४२ बोतल ‘ओल्ड मन्क’ रम रहेका छन् ।
प्रतिबोतल अनुमानित २ हजार रुपैयाँका दरले बरामद मदिराको कुल बजार मूल्य १४ लाख ८४ हजार रुपैयाँ कायम गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4