२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्।
१९८६ मत गणना हुँदा गण्डकी प्रदेश खुलातर्फ किरणबाबु श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी) ले ७०१ मत पाएका छन्।
त्यस्तै महेन्द्रध्वज जीसीले ६४२, रेशमबहादुर वानियाँले ६३१, जितप्रकाश आले मगरले ६१४ र खुमा प्रसाद अर्यालले ५९७ मत प्राप्त गरेका छन्।
यसैगरी भेषबहादुर पौडेलले ५२१, सुशील तिमल्सेनाले ४९४ र गोविन्दबहादुर रानाभाटले ४३१ मत पाएका छन्।
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य महिला समूहमा सरस्वती अर्याल तिवारीले अग्रता लिएकी छन्। उनले ८१९ मत प्राप्त गर्दा ओमकला गौतमले ५८९ र रविकला खनालले ४६४ मत पाएका छन्।
३५ वर्षमुनिका युवा महिलातर्फ डा. कला पन्तले ११४० मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी एलिजा ढकालले ८०४ मत पाएकी छन्।
३५ वर्षमुनिका युवा खुलातर्फ ई. सुवास पौडेलले फराकिलो अग्रता बनाएका छन्।
युवा खुलातर्फ ई. सुवास पौडेलले १ हजार २८२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ई. चेतराज कँडेल (सुजन) ले ६२८ मत पाएका छन्। यस समूहमा पौडेलले ६५४ मतको अग्रता बनाएका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
प्रतिक्रिया 4