News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय वाणिज्य बैंकको ७ वर्षे आरबीएल डिबेन्चर २०८९ मा आजदेखि लगानी आवेदन खुलेको छ।
- ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याज पाइनेछ र न्यूनतम २५ कित्तादेखि आवेदन दिन सकिनेछ।
- कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता निष्कासन हुने ऋणपत्र कात्तिक १० देखि १२ गतेसम्म आवेदन खुल्नेछ।
२९ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । बैंकले ७ वर्षे अवधिको ऋणपत्रमा आजदेखि आवेदन खुलाएको हो ।
यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशतका दरले ब्याज पाउने छन् । जुन ब्याज बैंकहरूले मुद्दती निक्षेपमा दिनेभन्दा धेरै हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको लामो अवधिका लागि अधिकतम साढे ४ प्रतिशत मात्रै ब्याज दिने गर्दछन् ।
आरबीएल डिबेन्चर २०८९ नामक यस ऋणपत्रमा अंकित मूल्य १ हजारका दरले न्यूनतम २५ कित्ता लगानी गर्न सकिनेछ । छिटोमा कात्तिक १० र ढिलोमा १२ गतेसम्म आवेदन खुल्नेछ ।
बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको बिक्री प्रबन्धक कुमारी क्यापिटलले एक सूचनामार्फत जानकारी दिएको छ । जसमध्ये ६० प्रतिशत व्यक्तिगत तवरबाट बाँडफाँट हुनेछ भने ४० प्रतिशत सर्वसाधारणतर्फ बाँडफाँट हुनेछ ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ । त्यस्तै सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट पनि आवेदन दिन सकिनेछ । ऋणपत्र दोस्रो बजारमा सूचीकृत भइ कारोबार समेत हुनेछ।
प्रतिक्रिया 4