+
+
Shares
संगीत :

दशैं त रचना रिमाललाई पो लाग्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रचना रिमाल अस्ट्रेलिया र मलेसियामा प्रस्तुति दिएर नेपाल फर्केकी छन् र आज विराटनगरको विराट ट्रेड फेयरमा स्टेज शो गर्दै छिन्।
  • दसैंको पूर्वसन्ध्यामा प्रवासी नेपालीका भीड र मेला–महोत्सवका निम्ताले रचना रिमालको कार्यतालिका निकै व्यस्त बनेको छ।
  • उनले नेपाली फिल्म ‘आ बाट आमा’का लागि ‘रातो टीका लगाउँदा क्या दामी देखियो’ गीत सार्वजनिक गरेको बताएकी छिन्।

बिहान अस्ट्रेलियाको कुनै समुद्री तटमा जिसस क्राइस्टले जस्तै हात फैलाएर उभिएकी छिन् । मध्याह्न अत्याधुनिक सहरलाई पृष्ठभूमिमा राखेर मख्ख पर्दै फोटो खिचाएकी छिन् । साँझ प्रवासी नेपालीहरूको भीडमा स्टेज पर्फर्मेन्स गरिरहेकी छिन् ।

अर्को दिन फेरि एउटा चिल्लो भवनभित्र सेल्फी खिच्दै ‘हेल्लो मलेसिया’ लेखेकी छिन् । अनि लगत्तै ‘नेपाल आइपुगेको’ जनाउ दिएकी छिन् । त्यसपछि ?

विराटनगरका लागि उड्न लागेको बताइरहेकी छिन् । आज उनी विराट ट्रेड फेयरमा स्टेज शोका लागि हाजिर हुँदै छिन् । यही क्रम जारी रहने हो भने रचना रिमालले रमाइलो मेलामा राखिने घुमाउरो रेलजस्तै देश–विदेश फन्को लगाइरहनेछिन् ।

कहिले कहाँ, कहिले कहाँ । उनलाई भ्याइनभ्याइ छ । यति बेफुर्सदिलो कार्यतालिकाले भन्छ, ‘यो समय रचना रिमालको हो ।’

दसैंको पूर्वसन्ध्यामा उनी समुद्रपारि पुगेर गीत गाउन भ्याइसकिन् । त्यसपछि फर्केर घर पुग्ने फुर्सद छैन । ठाउँ–ठाउँमा हुने मेला–महोत्सवले निम्तो गरेको गर्‍यै छ । खासमा दसैं त रचना रिमाललाई लागेको छ ।

केही समयअघि मात्र उनी नेपाली फिल्म ‘आ बाट आमा’का गीत सार्वजनिक गरिरहेकी थिइन् । ठ्याक्कै दसैंको मुखमा उनले ‘रातो टीका लगाउँदा क्या दामी देखियो’ गीत सबैमाझ ल्याएको बताएकी थिइन् । यो फिल्म दसैंको मेसो पारेर प्रदर्शनको तयारीमा छ । त्यसो त कन्सर्टसँगै फिल्मको गीतले पनि उनलाई बेफुर्सदिलो बनाउँछ ।

समय होस् त रचनाको जस्तो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?