+
+
Shares

पैदलयात्रीलाई ठक्कर दिएर डिभाइडरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १३:०२

२९ असोज, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका –१७ बस्ने १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा महानगरपालिका–१७ बिरौटामा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाल घाइते भएका थिए ।

दुवै जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?