+
+
Shares

ओमोडा जेइकू एनपीएल सिजन-३ को ‘पावर्ड बाइ’ प्रायोजकमा आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसपीजी अटोमोबाइल्स प्रालि नेपाल प्रिमियर लिग २०२६ को तेस्रो संस्करणमा क्यानसँग ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा आबद्ध भएको छ।
  • ओमोडा जेइकू सन् २०२४ देखि एनपीएलसँग ‘ड्रिभन बाइ’ साझेदारका रूपमा जोडिँदै आएको छ।
  • कम्पनीले एनपीएलको ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ लाई गाडी प्रदान गर्दै आएको छ।

२९ असोज, काठमाडौं । नेपालमा ओमोडा जेइकू गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणमा ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा आबद्ध भएको छ। कम्पनीले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यलाई निरन्तरता दिँदै यस वर्ष प्रतियोगिताको प्रायोजनमा आफ्नो भूमिका थप विस्तार गरेको हो।

ओमोडा जेइकू सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै ‘ड्रिभन बाइ’ साझेदारका रूपमा प्रतियोगितासँग जोडिँदै आएको छ।

यस वर्ष भने कम्पनी ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा आबद्ध भएको हो । यस सहकार्यले नेपाली क्रिकेटप्रतिको कम्पनीको निरन्तर प्रतिबद्धतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

एनपीएलसँगको साझेदारीअन्तर्गत ओमोडा जेइकूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्दै आएको छ। प्रतियोगिताको ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित खेलाडीलाई कम्पनीले गाडी प्रदान गर्दै आएको छ। यस पहलले खेलाडीको प्रतिभा, उत्कृष्ट प्रदर्शन र प्रतियोगिताको रोमाञ्चकतालाई प्रोत्साहन गर्ने कम्पनीको प्रयासलाई प्रतिबिम्बित गर्छ।

एनपीएलको तेस्रो संस्करण नजिकिँदै गर्दा क्यानसँगको सहकार्यलाई थप विस्तार गर्नु नेपाली क्रिकेटको विकासमा साथ दिने आफ्नो प्रतिबद्धताको निरन्तरता भएको कम्पनीले जनाएको छ। प्रतियोगितामार्फत क्रिकेटप्रेमीमाझ आफ्नो उपस्थिति विस्तार गर्नुका साथै खेलकुद र अटोमोबाइल क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने कम्पनीको लक्ष्य छ।

एनपीएल देशभरका क्रिकेटप्रेमीलाई जोड्ने प्रमुख घरेलु क्रिकेट प्रतियोगिताका रूपमा अघि बढिरहेको छ। ओमोडा जेइकू र क्यानबीचको निरन्तर सहकार्यले प्रतियोगितामा थप उत्साह थप्नुका साथै नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?