+
+
Shares
'छ माया छपक्कै २' को ट्रेलर :

दिपकको सन्तानबारे दीपाको अनौठो भविष्यवाणी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्रेलरमा दिपकराज गिरी र केकी अधिकारी श्रीमान्-श्रीमतीको भूमिकामा छन्, र कथामा सन्तान प्राप्तिका लागि चलेको संघर्ष देखाइएको छ।

काठमाडौं । फिल्म ‘छ माया छपक्कै २’ को ट्रेलर सार्वजनिक भएको छ । असोज ३१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलर रमाइलो हिसाबले तयार पारिएको छ । ट्रेलरमा दिपकराज गिरी र केकी अधिकारी श्रीमान-श्रीमतीको भूमिकामा देखिएका छन्।

७ वर्षअगाडि रिलिज ‘छ माया छपक्कै’ मा उनीहरूको विवाह भएको थियो । त्यहीँबाट निरन्तरता पाएको कथामा सन्तान प्राप्तिका लागि चलेको संघर्षको कथा प्रस्तुत गरिएको छ ।

अभिनेत्री सनिशा भट्टराईको प्रवेशले कथामा थप रोचकता थपेको छ । ट्रेलरमा दीपाश्री निरौला माताको रुपमा देखा परेकी छिन् । दिपकको आमाको भूमिकामा रहेकी रमा थपलिया आफ्ना छोराको सन्तान हुने नहुने बारे जोखाना हेराउन दीपकहाँ गएको देखिन्छ ।

 

दिपेन्द्र लामा निर्देशित चलचित्रमा दिपाश्री निरौला, प्रकाश घिमिरे, कर्मा, रमा थपालिया, रियान गिरि, मेक्सम गौडेल, निर्मल शर्मा, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमईको प्रस्तुती रहेको चलचित्रका निर्माता रोहित अधिकारी हुन् भने निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

चलचित्रको कथा निर्देशक लामा र दिपकराज गिरीले तयार पारेका हुन् भने स्क्रिनप्ले र डाइलग दिपकराजले तयार पारेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?