+
+
Shares

इन्साइट टेक्नोलोजीलाई एआई इन साइबर सेक्युरिटी अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्साइट टेक्नोलोजीले इन्डोनेसियाको जाकार्तामा आयोजित एसोसियो डिजीटल एआई अवार्डमा एआई इन साइबर सेक्युरिटी अवार्ड प्राप्त गरेको छ।
  • सूचना प्रविधि र साइबर सुरक्षामा एआईको प्रभावकारी प्रयोगमार्फत संस्थाहरूको साइबर सुरक्षा सुदृढीकरणमा योगदान पुर्‍याएकाले कम्पनीलाई अवार्ड प्रदान गरिएको हो।
  • प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुमन के. शर्माले अवार्डले नेपाली प्रविधि कम्पनीको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाएको बताउनुभयो।

२९ असोज, काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजीले इन्डोनेसियाको जाकार्तामा आयोजित एसोसियो डिजीटल एआई अवार्ड अन्तर्गत एआई इन साइबर सेक्युरिटी अवार्ड प्राप्त गरेको छ ।

सूचना प्रविधि तथा साइबर सुरक्षामा एआईको प्रभावकारी प्रयोगमार्फत विभिन्न क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा सुदृढीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

सन् २०११ मा स्थापना भएको इन्साइट टेक्नोलोजीले विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचना प्रविधि र साइबर सुरक्षा सेवा प्रदान गर्दै आएको छ।

कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुमन के. शर्माले अवार्डले नेपाली प्रविधि कम्पनीको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?