+
+
Shares

हरित युरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १७:५९

२९ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया (हरित युरिया) उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ ।

मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा (मोडालिटी) सम्बन्धी प्रस्ताव माग गरेको हो ।

मन्त्रालयले आवश्यकताअनुसार भविष्यमा प्लान्टको उत्पादन क्षमता थप विस्तार गर्न सकिने बताएको छ । प्राप्त प्रस्तावहरूको मूल्याङ्कनबाट हरित युरिया उत्पादनका लागि उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता तथा आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुने मन्त्रालयको अपेक्षा छ ।

इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइटबाट अवधारणा तथा कार्यान्वयनको ढाँचा (कन्सेप्ट डिजाइन एन्ड मोडालिटिज) सम्बन्धी फाराम डाउनलोड गर्न सक्ने छन् ।

आवेदकले आफ्नो प्रस्ताव आगामी मंसिर १३ गते साँझ ५ बजेसम्म मन्त्रालयमा भौतिक रूपमा बुझाउन वा इमेल greenurea@moae.gov.np मार्फत पठाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?