+
+
Shares

राजनीतिक यात्रामा धेरैपटक ढलेको छु, अप्ठ्यारोमा साथ दिनेको महत्व हुन्छ : गगन थापा

‘म कैंयन पटक कमजोर हुँदा, तल पर्दा, अप्ठ्यारोमा पर्दै गर्दा मलाई किञ्चित केही नसोचिकन तपाईंहरूको निरन्तर मसँग शुभेच्छा रहेको छ,’ थापाले भने, ‘आशिर्वाद रहेको छ । स्नेह रहेको छ । त्यसका निम्ति मैले बोलेर आभार प्रकट गरेर पुग्दैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले अप्ठ्यारोमा परेको बेला दिइने साथको धेरै महत्व हुने बताएका छन् ।
  • काठमाडौंमा दशैं, तिहार र छठ अवसरको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले आफ्ना राजनीतिक यात्रामा धेरै पटक लडेको र ढलेको स्मरण गरे ।
  • थापाले कमजोर हुँदा साथ, शुभेच्छा, आशिर्वाद र स्नेह दिनेहरू प्रति आभार व्यक्त गर्दै आफ्नो स्थानमा उनीहरूको ठूलो योगदान रहेको बताए ।

३० असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले अप्ठ्यारोमा परेको बेला दिइने साथको धेरै महत्व हुने बताएका छन् ।

दशैं, तिहार र छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ सभापति थापाले भने, ‘लडेको बेलामा, ढलेको बेलामा दिने साथको धेरै महत्व हुन्छ ।’

सभापति थापाले आफू राजनीतिक यात्राका क्रममा धेरै पटक लडेको र ढलेको पनि स्मरण गरे ।

‘म एउटा राजनीतिक कार्यकर्ता हुँ,’ उनले भने, ‘त्यसैले मेरो राजनीतिक यात्राका क्रममा धेरै पटक लडेको छु, धेरै पटक ढलेको छु ।’

सभापति थापाले आफू कमजोर भएर अप्ठ्यारोमा परेका बेला साथ दिनेहरू प्रति आभार व्यक्त गरे ।

‘म कैंयन पटक कमजोर हुँदा, तल पर्दा, अप्ठ्यारोमा पर्दै गर्दा मलाई किञ्चित केही नसोचिकन तपाईंहरूको निरन्तर मसँग शुभेच्छा रहेको छ,’ थापाले भने, ‘आशिर्वाद रहेको छ । स्नेह रहेको छ । त्यसका निम्ति मैले बोलेर आभार प्रकट गरेर पुग्दैन ।’

सभापति थापाले आफूलाई अहिलेको स्थानमा पुर्‍याउन शुभेच्छुकहरूको ठूलो योगदान रहेको पनि बताए ।

‘तपाईंहरूले निरन्तर स्नेह जुन मलाई गर्नुभएको छ, जुन विशवास गर्नुभएको छ । म आज जुन ठाउँमा छु, मैले पटक पटक यो कुरा भनेको छु, फेरि पनि दोहोर्‍याउँछु,’ उनले भने, ‘यस्तो कुरा दोहोर्‍याउन पनि मन लाग्छ । त्यसमा तपाईंहरूको धेरै धेरै धेरै ठूलो स्टेक छ । तपाईंहरूको धेरै ठूलो योगदान छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?