+
+
Shares

नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले असोज २९ गतेदेखि एनबैंक मोबाइल एपमार्फत उपलब्ध हुने ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ।
  • योग्य ग्राहकले एपको होमपेजको ‘अप्लाइ नाउ’ विकल्पबाट कागजी प्रक्रिया बिना कार्डका लागि आवेदन दिन सक्नेछन्।
  • यो कार्डमार्फत फोनपे मर्चेन्ट क्यूआर स्वीकार गर्ने व्यापारिक प्रतिष्ठानमा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिनेछ।

३० असोज, काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई सहज र सुरक्षित बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गतेदेखि उपलब्ध यो कार्ड ग्राहकले बैंकको एनबैंक मोबाइल एपमार्फत प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार योग्य ग्राहकले एपको होमपेजमा रहेको ‘अप्लाइ नाउ’ विकल्पबाट कार्डका लागि आवेदन दिन सक्नेछन्। यसका लागि परम्परागत क्रेडिट कार्डमा जस्तो कागजी प्रक्रिया पूरा गर्नुपर्ने छैन।

भर्चुअल क्रेडिट कार्डमार्फत फोनपे मर्चेन्ट क्यूआरबाट भुक्तानी स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानमा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिनेछ।

पूर्ण रूपमा डिजिटल स्वरूपमा उपलब्ध यो क्रेडिट कार्ड ग्राहकहरूलाई छिटो, सुरक्षित तथा झन्झटरहित रूपमा कर्जा सुविधा उपयोग गर्ने अवसर प्रदान गर्न डिजाइन गरिएको बैंकले जनाएको छ। यसमार्फत ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाटै क्रेडिट कार्ड प्राप्त गरी दैनिक कारोबारहरू सुरक्षित र सहज रूपमा गर्न सक्नेछन्।

यस कार्ड सञ्चालनका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यस सेवाले ग्राहकलाई शाखामा नगई सहज रूपमा बैंकिङ सेवा उपयोग गर्ने अवसर प्रदान गर्ने बताए।

यस सहकार्यसँगै ग्राहकहरूले भर्चुअल क्रेडिट कार्डमार्फत फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा सुरक्षित, सहज तथा निर्बाध रूपमा कारोबार गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?