+
+
Shares
गसिप :

दसैंको बेला यो फोटोमा किन मान्छेहरू ठट्टा गर्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता अक्षय कुमारको फूलबुट्टे सर्ट, रातो पाइन्ट र कालो चस्मासहितको फोटो दसैंतिर सामाजिक सञ्जालमा ठट्टाका रूपमा प्रयोग हुन्छ।
  • सो फोटोमा मानिसहरूले ‘फलानो गाउँ पुगेपछि ।’ भनेर लेख्ने गरेका छन् र गाउँ पुगेका बेला देखिने रवाफिलो शैलीसँग जोड्ने गरेका छन्।
  • यो फोटो फिल्म ‘हेराफेरी’का पात्र राजुसँग सम्बन्धित छ, जसको भूमिका अक्षय कुमारले गरेका छन्।

फूलबुट्टे सर्ट, निख्खर रातो पाइन्ट लगाएको । त्यसमाथि कालो चस्मा लगाएको । अनि कम्मरमा हात राखेर थोरै शरीर ढल्काएर गमक्क परिरहेको । अभिनेता अक्षय कुमारको यो फोटोमाथि धेरैले ठट्टा गर्छन्, खासगरी दसैंको बेला ।

सोसल मिडियामा यही फोटो राखेर मान्छेहरू लेखिरहेका हुन्छन्, ‘फलानो गाउँ पुगेपछि ।’

यतिबेला सहर वा देश–परदेशमा बस्नेहरू मूलघर फर्कने गर्छन् । अरू दिन विभिन्न कामव्यवहारले टाढा–टाढा पुगेकाहरू लामो यात्रा गरेर पनि गाउँमा पुग्छन् । फेरि गाउँको रौनक बेग्लै हुन्छ । साथीभाइ, आफन्त, नातागोता सबैतिर प्रेमिल स्वागत मिल्छ ।

यस्तो अवस्थामा गाउँमा केही नयाँपन पनि महसुस हुन्छ । सर्वत्र मिल्ने माया र नयाँपनका कारण मान्छेहरू मख्ख पर्छन् । कतिले त रवाफ पनि देखाउँछन् । हो, यो फोटोलाई त्यसरी नै प्रस्तुत गरिरहेको पाइन्छ, जहाँ मान्छे पहिलो पटक गाउँ पुग्दा रवाफिलो शैलीमा प्रस्तुत हुन्छन् ।

खासमा यो फोटोलाई जसले जसरी व्याख्या गरेर रमाइलो गरे पनि हुन्छ । बल्लबल्ल गाउँमा गएका मान्छेहरू नयाँ लुगाफाटो लगाएर जान्छन् । सकेसम्म आफूलाई चिटिक्क देखाउन खोज्छन् । अनि गाउँ पुगेपछि बेग्लै ठाँटमा प्रस्तुत हुन खोज्छन् । यस्तै मनोदशा प्रस्तुत गर्न यो फोटो प्रयोग हुने गरेको छ ।

फिल्म ‘हेराफेरी’को पात्र हुन् यी । नाम हुन्छ, राजु । छिटोछरितो बाटोबाट मनग्ये पैसा कमाउने चक्करमा उनले अनेक हर्कत गर्छन् । उनको चञ्चल स्वभाव, हाउभाउ र हास्यास्पद व्यवहारले फिल्मलाई रमाइलो बनाएको छ । राजुको भूमिकामा अक्षय कुमारले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?