+
+
Shares

‘म उद्यमी’ ट्रेडमार्कसहित महिला उद्यमीका उत्पादनहरूको प्रदर्शनी गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिला उद्यमी महासंघ नेपालले सरकारबाट ‘म उद्यमी’ ट्रेडमार्क प्राप्त गरेको छ ।
  • महासंघले महिला उद्यमीका उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्न सामूहिक प्रदर्शनी अघि सारेको छ ।
  • हेरिटेज गार्डेन सानेपामा हुने प्रदर्शनीमा १०० भन्दा बढी महिला उद्यमीका वस्तु प्रदर्शन हुनेछन् ।

३० असोज, ललितपुर । देशभरका महिला उद्यमीहरूको प्रतिनिधित्व गर्ने छाता संस्थाको रूपमा स्थापित महिला उद्यमी महासंघ नेपालले सरकारबाट ‘म उद्यमी’ ट्रेडमार्क प्राप्त गरेको छ । महासंघले २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवद्र्धनको क्षेत्रमा निरन्तर रुपमा कार्य गर्दै आइरहेको छ ।

महिला उद्यमीहरुका उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणलाई सहयोग गर्नको लागि सरकारबाट ट्रेडमार्क प्राप्त गरेसँगै महासंघले उत्पादनको सामूहिक प्रदर्शनी कार्यलाई अघि सारेको छ । ‘म उद्यमी’ ट्रेडमार्कको साथमा महिला उद्यमीहरुले उत्पादन गरेका आफ्ना वस्तुहरु प्रदर्शनी गने भएका छन् ।

हेरिटेज गार्डेन सानेपामा हुने प्रदर्शनीमा नेपालका १०० जना भन्दा बढी महिला उद्यमीका वस्तुहरु प्रदर्शनी हुने भएको छ । विशेष गरी नेपालमा प्राप्त हुने कच्चा पदार्थ मा आधारित कृषि क्षेत्र तथा हस्तकला एवम् मूल्य श्रृङ्खलामा आधारित वस्तुहरुलाई प्राथमिकतामा राखी सामूहिक चिन्हको प्रयोगबाट वस्तुहरुको प्रवद्र्धन गर्न सहज हुने विश्वासका साथ महासंघले यस प्रदर्शनी अघि बढाएको हो।

‘यस प्रदर्शनीमा नेपालका विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी तथा व्यवसायी र निर्यातकर्ता समेतको सहभागिता रहनेछ’ महासंघले एक विज्ञप्तिमार्फत भनेको छ ‘प्रदर्शनीमा प्राकृतिक रेसाजन्य वस्तु, ढाकाका सामान, गलैँचा, हाते कागजका सामान, जैविक खाद्य पदार्थ कृषिजन्य उत्पादन तथा विभिन्न मुर्तिहरु, गरगहना र सजावटका सामानका स्टल रहनेछन् ।’

नेपाली महिलाका उत्पादनको पहिचान गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?