News Summary
Generated by OK AI. Editorially reviewed.- सार्क महासचिव मोहम्मद गोलम सरवारले ३० असोजमा परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन् ।
- भेटमा सार्कको महत्त्व र क्षेत्रीय सहकार्य सुदृढ गर्ने विषयमा परराष्ट्र मन्त्रालयमा छलफल भएको थियो ।
- छलफलमा जलवायु परिवर्तन र विपद् प्रतिकार्यमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।
- परराष्ट्रमन्त्री खनालले सरवारको कार्यकालमा सार्कको संस्थागत विकास र सहकार्य प्रवर्द्धनमा योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
३० असोज, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा सार्कको महत्त्व तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
छलफलमा जलवायु परिवर्तन र विपद् प्रतिकार्यलगायतका क्षेत्रमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले महासचिव सरवारले आफ्नो कार्यकालमा सार्कको संस्थागत विकास तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनलाई धन्यवाद व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4