News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार नेप्से ८.२३ अंक बढेर २६३४ अंकमा पुगेको छ, र बजार लगातार सातौं कारोबार दिन उकालो लागेको छ।
- आज ४ अर्ब ८८ करोडको सेयर कारोबार भएको छ, अघिल्लो दिनको ४ अर्ब ७० करोडभन्दा केही बढी।
- बैंकिङ समूह ०.७२ प्रतिशतले बढ्दा चिरख्वा हाइड्रोपावरको सेयर १४.८२ प्रतिशत र बेनी हाइड्रोपावरको १२.४६ प्रतिशतले बढेको छ।
३० असोज, काठमाडौं । शुक्रबार लगातार सातौं कारोबार दिन सेयर बजार बढेको छ । असोज २२ गतेयता हरेक कारोबार दिन बजार बढिरहेको छ ।
आज बजार परिसूचक नेप्से ८.२३ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६३४ अंकमा कायम भएको छ । सात दिनसम्म बजार बढे पनि जम्मा ६२ अंकको मात्रै वृद्धि देखिएको छ । अघिल्लो दिन नेप्से ४.५६ अंक बढेको थियो ।
आज कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ७० करोडको कारोबार भएकोमा आज ४ अर्ब ८८ करोडको भयो । १७४ कम्पनीको मूल्य बढ्दा ९१ को घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रह्यो ।
आजको बजार वृद्धिमा पनि बैंकिङको योगदान उच्च रह्यो । बैंकिङप्रति लगानीकर्ताको आकर्षण कायमै देखियो । बैंकिङ समूह सबैभन्दा धेरै ०.७२ प्रतिशत बढ्यो ।
त्यस्तै विकास बैंक ०.४२, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५२, जीवन बीमा ०.०६, उत्पादन तथा प्रशोधन ०.१५, माइक्रोफाइनान्स ०.५३ प्रतिशत बढे । व्यापार ०.५४, अन्य ०.२९, निर्जीवन बीमा ०.१४, लगानी ०.०८ तथा फाइनान्स ०.२५ प्रतिशत घटे ।
चिरख्वा हाइड्रोपावरको १४.८२, बेनी हाइड्रोपावरको १२.४६, शुभम् पावरको ८.५८, एभरेस्ट कलरको ७.४७, स्वाभिमान लघुवित्तको ५.७३, एसियन हाइड्रोपावरको ४.३३ प्रतिशत मूल्य बढ्यो ।
हिमालयन एभरेस्ट इन्स्योरेन्सको ४.९८, नेपाल रिइन्स्योरेन्सको ३.१६, मञ्जुश्री फाइनान्सको ३ तथा याम्बलिङ हाइड्रोपावरको २.८१ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्रिन भेन्चर्स, कुमारी बैंक, अपी पावर, हिमालयन डिस्टिलरी, सानिमा मिडिल तमोर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4