News Summary
Generated by OK AI. Editorially reviewed.- अनुपविक्रम शाहीले फिल्म ‘१२ गाउँ–२’ मा खलपात्रको भूमिका निभाएका छन्।
- ट्रेलर सार्वजनिक भएपछि उनको दाह्री र हुलियाबारे सामाजिक सञ्जालमा चर्चा र मजाक भएको छ।
- दसैँको पूर्वसन्ध्यामा हलहलमा लागेको यो फिल्म एक्सन र मायाप्रेमको कथामा आधारित छ।
तस्वीरमा देखिएका व्यक्ति को हुन् ? ठम्याएर हेर्नुभयो भने चिन्न सक्नुहोला । त्यो पनि तपाईं अनुपविक्रम शाहीका प्रशंसक हुनुहुन्छ र उनका फिल्महरू हेर्नुभएको छ भने । नभए त तपाईंले पनि भन्नुहुनेछ, ‘कुनै आतंककारी हुनुपर्छ ।’
उनको हुलिया र बन्दुक मात्र होइन, भावभङ्गी हेरेर पनि त्यस्तै लाग्न सक्छ । कठोर र कुटिल ।
तपाईंलाई भनिहालौँ, उनलाई यस्तो रूपरङमा प्रस्तुत गर्ने फिल्म ‘१२ गाउँ–२’ हो । फिल्मको कथाले मागेपछि अनुपको के लाग्छ र ?
जसै फिल्मको ट्रेलर सार्वजनिक भयो, उनको हुलियामाथि धेरैको ध्यान गयो । को होलान् तिनी ? प्रश्न यतिमात्र थिएन । प्रश्न त यो थियो कि, आखिर अनुपविक्रमलाई कसले यस्तो बनाइदियो ?
किनभने अनुपविक्रमको दाह्री सक्कलीजस्तो नदेखिएको भन्दै मजाकको विषय बनाइयो । दाह्री किन हेर्नु, अभिनय हेरे पुग्दैनथ्यो ?
नपुग्ने रहेछ । दर्शकलाई पात्रसँग जोडिन र उनीसँगै यात्रा गर्नका लागि धेरै कुरा विश्वसनीय लाग्नुपर्ने रहेछ । प्राकृतिक लाग्नुपर्ने रहेछ । त्यही कारण त होला, मान्छेहरूले अनुपविक्रम शाहीको दाह्रीमा नजर लगाएको ।
भनिहालौँ, अनुपविक्रम अक्सर फिल्ममा खलपात्रको भूमिकामा देखिन्छन् । जबकि मान्छेचाहिँ हिरो नै छन् । पछिल्लो समय उनी ‘१२ गाउँ–२’ मा खलपात्र बनेका छन् । यो फिल्म दसैँको पूर्वसन्ध्यामा हलहलमा लागेको छ । फिल्म एक्सनले भरिपूर्ण छ । एक्सन मात्र होइन, मायाप्रेमको कथा पनि छ ।
प्रतिक्रिया 4