News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक वर्ष २०८२र८३ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय जाजरकोट कर्णाली प्रदेशका १० कार्यालयमध्ये उत्कृष्ट घोषित भएको छ ।
- कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले ७१औँ प्रहरी दिवस २०८३ का अवसरमा जाजरकोट कार्यालयलाई उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत गरेको हो ।
- कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीलाई प्रशंसापत्र र प्रमाणपत्र वितरण गरिएको छ ।
३० असोज, सुर्खेत । जिल्ला प्रहरी कार्यालय जाजरकोट कर्णाली प्रदेशका १० जिल्ला प्रहरी कार्यालयमध्ये उत्कृष्ट घोषित भएको छ ।
आर्थिक वर्ष २०८२र८३ को वार्षिक कार्यसम्पादन सम्झौताअन्तर्गत गरिएको मूल्याङ्कनमा जाजरकोट उत्कृष्ट छनोट भएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुक्रबार आयोजना गरेको ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वार्षिक कार्यसम्पादन सम्झौताअन्तर्गत उत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई सम्मान गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
साथै विभिन्न विधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीलाई प्रशंसापत्र तथा प्रमाणपत्र वितरण गरिएको छ ।
प्रतिक्रिया 4