News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले ६ हजार ५८४ मतसहित सर्वाधिक मत पाएका छन्।
- खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जनले ५ हजार ३३० मतसहित दोस्रो स्थान हासिल गरेका छन्।
- खुला महिला केन्द्रीय सदस्य बसना थापाले ५ हजार १९३ मत पाएकी छन्, भने हरिप्रभा खड्की र प्रतिमा गौतम क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले सर्वाधिक मत प्राप्त गरेका छन्। उनले ६ हजार ५८४ मत पाएका छन्।
सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० नेताहरुको सूचीमा सभापति थापासहित सहमहामन्त्री, खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य र विभिन्न कलस्टरबाट निर्वाचित केन्द्रीय सदस्यहरू छन्।
सूचीको दोस्रो स्थानमा खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जन छन् । उनले ५ हजार ३३० मत प्राप्त गरेका छन्। खुला महिला केन्द्रीय सदस्य बसना थापा ५ हजार १९३ मतसहित तेस्रो स्थानमा छिन्।
काठमाडौं उपत्यका, बागमती प्रदेश महिला केन्द्रीय सदस्य हरिप्रभा खड्की ५ हजार १२६ मतसहित चौथो स्थानमा रहँदा महिला सहमहामन्त्री प्रतिमा गौतम ५ हजार ११६ मतसहित पाँचौँ स्थानमा छिन्।
त्यस्तै, खुला केन्द्रीय सदस्य निष्कल राईले ४ हजार ९५६, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य तीर्थ लामाले ४ हजार ८५३ र दलित सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले ४ हजार ८०३ मत प्राप्त गरेका छन्।
खुला केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँ ४ हजार ७३२ मतसहित नवौँ र युवा केन्द्रीय सदस्य इन्जिनियर सुभाष पौडेल ४ हजार ५४९ मतसहित दसौँ स्थानमा छन्।
महाधिवेशनमा सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० उम्मेदवारको विवरण यस्तो छ :
| स्थान | उम्मेदवारको नाम | पद | प्राप्त मत |
| १ | गगनकुमार थापा | सभापति | ६,५८४ |
| २ | चिरीबाबु महर्जन | खुला केन्द्रीय सदस्य | ५,३३० |
| ३ | बसना थापा | खुला महिला केन्द्रीय सदस्य | ५,१९३ |
| ४ | हरिप्रभा खड्की | काठमाडौं उपत्यका, बागमती प्रदेश महिला केन्द्रीय सदस्य | ५,१२६ |
| ५ | प्रतिमा गौतम | महिला सहमहामन्त्री | ५,११६ |
| ६ | निष्कल राई | खुला केन्द्रीय सदस्य | ४,९५६ |
| ७ | तीर्थ लामा | आदिवासी जनजाति खुला केन्द्रीय सदस्य | ४,८५३ |
| ८ | प्रकाश रसाइली स्नेही | दलित सहमहामन्त्री | ४,८०३ |
| ९ | इन्द्रबहादुर बानियाँ | खुला केन्द्रीय सदस्य | ४,७३२ |
| १० | इन्जिनियर सुभाष पौडेल | युवा केन्द्रीय सदस्य | ४,५४९ |
प्रतिक्रिया 4