+
+
Shares

सुनसरीको वनबाट कटुवा पेस्तोल र गोली बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते ८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको बराहक्षेत्र नगरपालिका–५ अमाहा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ।
  • प्रहरीले सामुदायिक वनभित्र हातहतियार लुकाइएको सूचनापछि जिल्ला प्रहरी कार्यालय, महेन्द्रनगर र भरौल चौकीको संयुक्त टोली खटाएको थियो।
  • कसले र किन पेस्तोल तथा गोली लुकाएको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

१ कात्तिक, सुनसरी । प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ अमाहा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा एकथान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ ।

प्रहरी टोलीले सामुदायिक वनको पिठारीको रुखको फेदमा झ्यासले छोपेर राखेको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद गरेको हो ।

कटुवा पेस्तोलमा प्रयोग हुने गोली थ्रिनटथ्री राइफलमा पनि प्रयोग हुने गोली भएको प्रहरीले जानकारी दिएको छ ।

सामुदायिक वनभित्र हातहतियार लुकाएर राखिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालय र भरौल प्रहरी चौकीबाट संयुक्तरुपमा टोली खटिएको थियो ।

कसले कुन उद्देश्यले कटुवा पेस्तोल र गोली लुकाएर राखेको हो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पेस्तोल र गोली शनिबार साँझ पाँच बजे बरामद गरिको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?