News Summary
Generated by OK AI. Editorially reviewed.- तेल अभिभबाट भियना जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको जहाज बम राखिएको धम्कीपछि बुल्गेरियाको सोफियामा आकस्मिक अवतरण गराइएको छ ।
- अस्ट्रियाका एक नागरिकले वायुसेवा कम्पनीलाई खतराको सूचना दिएका थिए, तर उनी उक्त जहाजमा सवार थिएनन् ।
- जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ र विशेषज्ञहरूले प्राविधिक जाँच गरिरहेका छन् ।
२ कात्तिक, काठमाडौं । इजरायलको तेल अभिभबाट अस्ट्रियाको भियना जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ ।
बम राखिएको धम्कीपूर्ण फोन आएपछि जहाजलाई बुल्गेरियाको सोफियामा अवतरण गराइएको हो । इजरायली पत्रिका ‘हारेट्ज’ले यो समाचार सार्वजनिक गरेको छ ।
अस्ट्रियाका एक नागरिकले वायुसेवा कम्पनीलाई सो खतराको सूचना दिएका थिए । ती नागरिक भने सो जहाजमा सवार थिएनन् ।
बमको धम्कीपछि जहाजका पाइलटले सोफियामा आकस्मिक अवतरण गराउने निर्णय गरेको समाचार एजेन्सी तासले जनाएको छ ।
जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ । विशेषज्ञहरूले जहाजको प्राविधिक जाँच गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4