+
+
Shares

टाइगर श्रॉफमाथि गोली प्रहारको घटना :  दुई महिनादेखि घरबाट बेपत्ता थिए छोरा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जुहू क्षेत्रमा अभिनेता टाइगर श्रॉफमाथि आक्रमण गर्ने तीनजनामध्ये एक जना नाबालिग रहेको र उनीहरूलाई रेलमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरिएको बताइएको छ।
  • नाबालिगका बुवाले छोरा दुई महिनाअघि घर छाडेर गएको, के गरिरहेको थियो भन्ने जानकारी नभएको र प्रहरीको फोनपछि मात्रै घटनाबारे थाहा पाएको बताए।
  • दैनिक ज्यालादारी गर्ने र ५० प्रतिशत अपाङ्गता भएका बुवाले घटनापछि आफू खानपिनसमेत गर्न नसकेको र परिवार स्तब्ध भएको बताए।

आइतबार साँझ करिब ७ बजे जुहू क्षेत्रमा अभिनेता टाइगर श्रॉफमाथि आक्रमण गर्ने तीन जनामध्ये एक जना नाबालिग रहेको बताइएको छ । उनीहरूलाई रेलमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

नाबालिगका बुवाले आफ्नो छोरा करिब दुई महिनाअघि घर छाडेर गएको बताएका छन् । छोराले के गरिरहेको थियो र को–कोसँग समय बिताइरहेको थियो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनले बताएका छन् । घर छाड्नुअघि उनका छोरा टायल लगाउने काम गर्थे । बुवाका अनुसार प्रहरीको फोन आएपछि मात्रै उनले गोली प्रहारको घटनाबारे थाहा पाएका थिए ।

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने र ५० प्रतिशत शारीरिक अपाङ्गता भएका ती बुवाले घटनाबाट आफ्नो परिवार स्तब्ध भएको बताएका छन् । उनले आफ्नो आर्थिक अवस्थाबारे उल्लेख गर्दै घटनाबारे थाहा पाएदेखि आफूले खानपिनसमेत गर्न नसकेको बताए ।

छोराले घर छाड्नुको कारणबारे उनले भने, ‘ऊ १३ र १४ तारिखमा एउटा मेलामा गएको थियो । त्यसपछि ऊ किन गयो वा कहाँ गयो भन्ने मलाई थाहा छैन । वास्तवमा के भएको हो भन्नेबारे मलाई कुनै जानकारी छैन ।’

उनी थप्छन्, ‘म दैनिक ज्यालादारी गरेर आफ्नो गुजारा चलाउँछु । म शारीरिक रूपमा पनि अपाङ्ग छु । परिवारको पेट पाल्नका लागि जे काम पाइन्छ, त्यही गर्छु ।’ बुवाका अनुसार छोराले आफू कहाँ जाँदैछ वा अब के गर्ने भन्नेबारे परिवारलाई केही बताएको थिएन । उनका छोरामाथि यसअघि मोटरसाइकल चोरीको आरोपमा मुद्दासमेत चलेको थियो ।

उनले भने, ‘पहिले मोटरसाइकल चोरीको एउटा घटना भएको थियो । केही समयपछि उसलाई पक्राउ गरिएको थियो । यस क्रममा मेरो पैसा पनि खर्च भयो, तर त्यो पैसा कहिल्यै फिर्ता पाइनँ र मुद्दा पनि कहिल्यै टुङ्गोमा पुग्न सकेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?