+
+
Shares

म्याग्दीमा मिस्त्रीखोलाले बगाएर एक जनाको मृ*त्यु, एक जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३ गते १९:३५

३ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा  मिस्त्रीखोलाले बगाएर आज एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।

खोलाले बगाएर स्थानीय छ वर्षीया अनिशा बुढामगरको मृृत्यु भएको र तीन वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए ।

‘दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरुलाई मिस्त्रीखोलाले बगाएर बेपत्ता बनाएको हो’,  उनले भने, ‘अनिशाको शव भेटिएको छ भने कृष्टिकाको खोजी जारी छ ।’ मृतक र बेपत्ता बालिका दुई बहिनीका छोरीहरु हुन् ।

सो घटनाको जानकारी हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयबासी समेतको सहभागितामा बालिकाको खोजी भइरहेको छ ।

यसैबीच, नारच्याङका बासिन्दा तमबहादुर चोचाङ्गी पुनले मिस्त्रीखोला जलविद्युत् आयोजनाको गम्भीर लापरबाहीका कारण घटना भएको बताए । ‘बिहान सुकेको खोलामा जलविद्युत् आयोजनाले पूर्वसूचना बिनै बाँधबाट एक्कासि पानी छोडेका कारण बालिकाहरुलाई बगाएको हो’, उनले भने ।

सो घटनाको सन्दर्भमा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक गोतामेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?