+

बंगलादेशका महेदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

२०८३ कात्तिक  ४ गते ९:०३ २०८३ कात्तिक ४ गते ९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशका अलराउन्डर महेदी हसनले नेपाल प्रिमियर लिगको तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।
  • पोखराले बुधबार ३१ वर्षीय महेदीलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो।
  • महेदी अहिले आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौं स्थानमा छन् र बंगलादेशका लागि ७८ खेलमा ७८ विकेट लिएका छन्।

४ कात्तिक, काठमाडौं । बंगलादेशका अलराउन्डर महेदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

पोखराले बुधबार महेदीलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो।

३१ वर्षीय महेदी दायाँहाते ब्याटर र दायाँहाते अफ स्पिन बलर हुन्। उनी अहिले आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौं स्थानमा छन्।

महेदीले बंगलादेशका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले यस प्रारूपमा ४९४ रन बनाउनुका साथै ७८ विकेट लिएका छन्।

समग्र टी–२० क्रिकेटमा महेदीले २१० खेल खेल्दै २ हजार १३१ रन बनाएका छन् भने १९७ विकेट लिएका छन्।

पोखरा एभेन्जर्सले महेदीलाई स्वागत गर्दै उनको अलराउन्ड प्रदर्शनबाट टोलीलाई बलियो बनाउने अपेक्षा गरेको छ।

पोखराले यसअघि बंगलादेशकै स्टार शाकिब अल हसन र श्रीलंकाका चमिका करुणारत्नेलाई अनुबन्ध गरिसकेको छ ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।

पोखरा एभेन्जर्स महेदी हसन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय