+
+
Shares

दसैँको खुसी दुःखमा परेकासँग बाँडौं : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ४ गते ११:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन् ।
  • उनले विजयादशमीका अवसरमा सबैमा आत्मबल, संवेदना र सामाजिक सद्भाव थप बलियो बनोस् भनी कामना गरेका छन् ।
  • थापाले यस वर्षको दसैँ राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाइरहेकाले दुःखमा परेका परिवारलाई मलम लगाउन र सहारा बन्न आग्रह गरेका छन् ।

४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन् ।

विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिँदै उनले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाओस् भनी कामना गरेका छन् ।

‘यस वर्षको दसैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ । धेरै परिवार दुःख, पीडा र कठिनाइमा हुनुहुन्छ । यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस् । दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौं’, सभापति थापाले सन्देशमा उल्लेख गरेका छन् ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?