४ कञ्चनपुर, कात्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया पुल नेपाल-भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलको बीओपी बयलबन्दाबाट नायब निरीक्षक प्रेम सिंह धामीको कमान्डमा खटिए को पाँच जनाको चेकपोइन्ट टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका युवकलाई लागुऔषधसहित नियन्ञणमा लिएको हो ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय रमेश दमाइ रहेका छन् । उनीमाथि सीमा क्षेत्रमा शङ्का लागेपछि चेकजाँच गर्दा हाते झोलाभित्र फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र पहरीका अनुसार, उनको साथबाट फेनारगनका एक सय ५२ एम्पुल फेला परेका छन् । पक्राउ परेका युवकलाई लागुऔषधसहित आवस्यक अनुसन्धान तथा कार्वाहीका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनी पठाएको सशस्त्र प्रशरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4