+
+
Shares

कात्तिक ११ देखि नेपालमा मौसम सक्रिय हुने, सतर्क रहन विभागको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते २०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसम विज्ञान विभागले कात्तिक ११ गतेदेखि मौसम प्रणाली सक्रिय हुने भन्दै सतर्क रहन आग्रह गरेको छ।
  • दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र कात्तिक ९ गते चक्रवात आँधीमा रूपान्तरण भई भारततर्फ सर्ने सम्भावना छ।
  • विभागले कात्तिक ११ देखि १५ सम्म नेपालमा असर पर्न सक्ने तर वर्षा र जोखिमको मात्रा अहिले यकिन गर्न नसकिने जनाएको छ।

६ कात्तिक, काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक ११ गते (बुधबार) बाट मौसम प्रणाली सक्रिय हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

आज बिहानबाट पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्रमा विकसित भएको र उक्त न्यून चापीय क्षेत्र क्रमश: बलियो हुँदै जाने जानकारी गराएको हो ।

कात्तिक ९ गते उक्त प्रणाली चक्रवात आँधीमा विकसित भइ पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनको भू–भागमा प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

उक्त मौसम प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ सम्म नेपालको मौसममा प्रभाव विभागले जनाएको छ ।

यद्यपि, यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले जनाएको छ ।

सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?