+
+
Shares

प्रवासमा कसरी सञ्चालन हुन्छ नेकपाको जागरण अभियान ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते ९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सञ्चालन गर्दैछ ।
  • अभियानमा प्रवासलाई समेत समेटेर सम्बन्धित देशको कानुन र स्थानीय परिस्थितिअनुकूल कार्यक्रम गर्ने नेकपाको योजना छ ।
  • नेकपाले प्रवासमा राष्ट्रिय हित, स्वाधीनता, प्रवासी नेपालीका समस्या समाधान र नेपाली समुदायसँग अन्तरक्रियालाई प्राथमिकता दिने जनाएको छ ।

७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दैछ । यस अभियानमा प्रवासलाई पनि समेट्ने नेकपाको योजना छ ।

नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा प्रवासमा ‘सम्बन्धित देशको कानुन र स्थानीय परिस्थिति अनुकूल’ कार्यक्रम सञ्चालन हुने उल्लेख छ ।

नेकपाका अनुसार प्रवास प्रदेशमा रहेका पार्टी सदस्यहरूको परिचालन प्रवास प्रदेशअन्तर्गत सम्बन्धित प्रदेश समितिको योजनाअनुसार हुनेछ र पार्टीसम्बद्ध संगठनलाई समेत अभियानमा जोड्ने तयारी छ ।

यस अभियानको क्रममा प्रवासमा राष्ट्रिय हित तथा स्वाधीनतासम्बन्धी जनचेतना, प्रवासी नेपालीका समस्या समाधानमा पहल, नेपालको अवस्थाबारे तथ्यपरक जानकारी प्रवाह, नेपाली समुदायसँग अन्तरक्रिया तथा आवश्यकताअनुसार राजदूतावास तथा अन्य निकायसँग समन्वय गरिने नेकपाले जनाएको छ ।

साथै पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण, श्रमिक अधिकार संरक्षण, जनसम्पर्क विस्तार तथा सामाजिक–आर्थिक रूपान्तरणका कार्यक्रमलाई पनि प्राथमिकता दिइने नेकपाले जारी गरेको अपानिमा उल्लेख छ ।

गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकपछि असोज २५ गते नेकपाले अपानि जारी गरेको थियो । सोही केन्द्रीय कार्यसंयोजन समितिको बैठकको निर्णय अनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म नेकपाले जागरण अभियान सञ्चालन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?