+
+
Shares

स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृ*त्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १०:१३

७ कात्तिक, स्याङ्जा । स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा भएका १८ सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार साउन, भदौ र असोजमा १० मोटरसाइकल, पाँच जीप/भ्यान, दुई बस र एक ट्रेलर ट्रक दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा पाँच पुरुष र एक महिलाको मृत्यु भएको छ । गम्भीर घाइते हुनेमा चार पुरुष र चार महिला छन् । त्यस्तै, सात पुरुष, १० महिला, एक बालक र तीन बालिका गरी २१ जना सामान्य घाइते भएका छन् ।

दुर्घटना न्यूनीकरणका लागि चालक र यात्रु दुवैले ट्राफिक नियम पालना गर्नुपर्ने शाहीले बताए । तीव्र गति नियन्त्रण गर्ने, हेल्मेट र सिटबेल्ट अनिवार्य प्रयोग गर्ने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने तथा सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्ने बानीले दुर्घटनाको जोखिम घटाउन सकिने उनको भनाइ छ ।

शाहीका अनुसार ट्राफिक नियमबारे सचेतना फैलाउने, सवारीसाधनको निगरानी गर्ने र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने कामलाई निरन्तरता दिइएको छ । चालक र सर्वसाधारणको सहकार्यबाट सडकलाई सुरक्षित बनाउन सकिने भन्दै उनले सबैलाई जिम्मेवार भएर यात्रा गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?