+
+
Shares

स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गामा सिद्धार्थ राजमार्गमा ढलेको रुख हटाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
  • अविरल वर्षाका कारण शुक्रबार दिउँसो पहिरोसहित खयरको रुख ढलेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
  • जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सडकमा ढलेको रुख पन्छाएपछि यातायात सञ्चालनमा आएको छ।

९ असोज, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गामा सिद्धार्थ राजमार्गमा ढलेको रुख हटाएपछि सो क्षेत्रको सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

अविरल वर्षाका कारण शुक्रबार दिउँसो माथिबाट पहिरोसहित खयरको रुख ढलेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि सडकमा ढलेको रुख पन्छाएर यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?