+
+
Shares

छठको तयारी : सिरहाका बजारमा बढ्यो चहलपहल (तस्वीरहरू)

छठमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा प्रयोग गरिने ढाकी, सुप, नाङ्लो र कोनियाजस्ता सामग्रीको किनमेल बढेसँगै बजारमा पर्वको रौनक देखिन थालेको हो ।

सुरेश राय सुरेश राय
२०८३ कात्तिक ७ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छठ नजिकिँदै गर्दा सिरहाका बजारमा ढाकी, सुप, नाङ्लो र कोनिया खरिद गर्न सर्वसाधारण पुग्न थालेका छन्।
  • छठमा प्रयोग हुने बाँसका सामग्रीको बिक्री बढेसँगै सिरहामा पर्वको रौनक देखिन थालेको छ।
  • बाँसका सामग्री बिक्री गर्ने व्यापारीहरू ग्राहकको प्रतीक्षामा छन्।

७ कात्तिक, सिरहा । लोकआस्था र श्रद्धाको पर्व छठ नजिकिँदै गर्दा सिरहाका बजारमा चहलपहल बढ्न थालेको छ ।

छठ पूजाका लागि आवश्यक बाँसका सामग्री खरिद गर्न सर्वसाधारण बजार पुग्न थालेका छन् ।

छठमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा प्रयोग गरिने ढाकी, सुप, नाङ्लो र कोनियाजस्ता सामग्रीको किनमेल बढेसँगै बजारमा पर्वको रौनक देखिन थालेको हो ।

छठ पर्वमा बाँसबाट बनेका सामग्रीको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेकाले पूजाको तयारीमा जुटेका परिवारको रोजाइमा यस्ता सामग्री पर्ने गरेका छन् ।

पर्व नजिकिएसँगै बाँसका सामग्री बिक्री गर्ने व्यापारीहरू पनि ग्राहकको प्रतीक्षामा छन् ।

बजारमा देखिन थालेको चहलपहलले छठको आगमनसँगै जिल्लामा पर्वको उत्साह बढ्दै गएको संकेत गरेको छ ।

थप तस्वीरहरू : 

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?