+
+
Shares

रास्वपा चुनावमुखी मात्रै भयो : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आजपा अध्यक्ष प्रभु साहले रौटहटको गरुडामा रास्वपाको पार्टी पंक्ति चुनावमुखी मात्र भएको र देश र जनताको चिन्ता नभएको टिप्पणी गरेका छन्।
  • साहले रास्वपाभित्रैबाट सरकार असफल बनाउने षड्यन्त्र रचिएको आरोप लगाउँदै रवि लामिछाने, स्वर्णिम वाग्ले र डिपी अर्यालको मोर्चाबन्दीको दाबी गरेका छन्।
  • उनले लामिछाने र वाग्लेको भारत भ्रमणलाई शंकाको दृष्टिले हेर्नुपर्ने उल्लेख गर्दै रास्वपाको कोर टिमको तारन्तारको भारत यात्रा सामान्य नभएको बताएका छन्।

७ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी पंक्ति चुनावमुखी मात्रै भएको टिप्पणी गरेका छन् ।

रौटतहको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो, देश र जनताको बारेमा यिनीहरूलाई कुनै चिन्ता छैन । यस्तो अवसरवादी सोच भएकाहरूबाट सचेत हुनुपर्छ ।’

रास्वपामा सभापति रवि लामिछानेसमर्थित कार्यकर्ताहरू उग्र रहेको र सामाजिक सञ्जाल नै दूषित बनाएको पनि उनको टिप्पणी छ ।

साथै, रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको पनि उनले आरोप लगाए ।

वर्तमान सरकारलाई अन्य दलबाट कुनै थ्रेट नभएपनि रास्वपाभित्रैबाट असफल बनाउनेगरि षड्यन्त्र रचिएको र यो छिट्टै जनताले थाहा पाउने बताएका हुन् ।

रास्वपाका सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्व उपसभापति तथा वर्तमान सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउनेगरि मोर्चाबन्दी कसेको आजपा अध्यक्ष साहको दाबी छ ।

उनले सभापति लामिछानेको यसअघि सम्पन्न भएको भारत भ्रमण, चीन भ्रमणको तयारी र अहिले पून: धार्मिक यात्राको लागि भारत निस्किएको प्रसंगलाई पनि शंकाको दृष्टिले हेरिनुपर्ने उल्लेख गरेका छन् ।

अर्थमन्त्री वाग्लेसमेत भारत भ्रमणमा रहेको सन्दर्भ उल्लेख गर्दै साहले रास्वपाको कोर टिमको तारन्तारको भारत भ्रमणलाई सामान्य रुपमा हेरिन नहुने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?