News Summary
Generated by OK AI. Editorially reviewed.- टर्कीका रक्षामन्त्री यासर गुलेरले टर्की हुथी विद्रोहीविरुद्ध कुनै सैन्य संघर्षमा सहभागी नहुने बताए ।
- उहाँले साउदी अरेबियालाई टर्कीको सम्भावित सैन्य सहायताको उद्देश्य प्रतिरोध क्षमतालाई बलियो बनाउनु मात्र हुने भन्नुभयो ।
- टर्की, साउदी अरेबिया र पाकिस्तानबीच अगस्टमा मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर भएको थियो ।
७ कात्तिक, काठमाडौं । टर्कीले इरान समर्थित हुथी विद्रोहीहरूविरुद्धको कुनै पनि सैन्य संघर्षमा सहभागी हुने आफ्नो सोच नरहेको स्पष्ट पारेको छ ।
टर्कीको साउदी अरेबिया र पाकिस्तानसँग संयुक्त रक्षा सम्झौता छ । तर पनि उसले साउदीमा आक्रमण गरिरहेका हुथी विद्रोहीहरूविरुद्ध लड्न अस्वीकार गरेको हो ।
एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा टर्कीका रक्षामन्त्री यासर गुलेरले भनेका छन्, ‘हामी हुथीहरूसँग कुनै पनि किसिमको संघर्षमा सामेल हुने विचार गरिरहेका छैनौं ।’
उनले साउदी अरेबियालाई टर्कीको तर्फबाट दिइने सम्भावित सैन्य सहायताको मुख्य उद्देश्य उसको प्रतिरोध क्षमतालाई बलियो बनाउनु मात्र हुने बताएका छन् ।
टर्की, साउदी अरेबिया र पाकिस्तानबीच अगस्ट महिनामा ’मक्का संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर भएको थियो ।
यसै साता यो सम्झौतालाई स्वीकृतिका लागि टर्कीको संसदमा पेस गरिएको छ ।
प्रतिक्रिया 4